सुमनलाई नेपालकै पहिलो अटोक्रस च्याम्पियनसिपको उपाधि

हेटौंडा | बैशाख ९, २०८१

सुमनलाई नेपालकै पहिलो अटोक्रस च्याम्पियनसिपको उपाधि

हेटौंडा:  बागमती अटोमोबाइल्स एसोसिएसन र चितवन अटोमोबाइल्स डिलर एसोसिएसनको संयुक्त आयोजनामा भएको अटोक्रस्ट च्याम्पियनसिप कम्पिटिसन २०२४को उपाधि सुमन तामाङले जितेका छन् ।

 

हेटौंडाको गौरीटार स्टेडियम भित्र एक किलोमिटर अस्थायी ट्रयाकमा सम्पन्न सो प्रतियोगितामा राजन पिया दोस्रो बने । दुवैजना यसै वर्ष हुने एसिया प्यासिफिक अटो जिमखाना च्याम्पियनसिपमा सहभागी हुनेछन् ।
 

 

नेपालभरका ड्राइभर्सहरूको खुल्ला प्रतियोगितामा विजयीहरूलाई बागमती खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारी, उद्यमी अरुणराज सुमार्गी, नेपाल खेलकुद महासंघका महासचिव धरम कुमार लामा, नेपाल ​अटोमोबाइल एसोसिएसनका उपाध्यक्ष अनिल कुमार बराल तथा कोशी अटोमोबाइल एसोसिएसनका अध्यक्ष प्रकाश कपुरी  लगायतले पुरस्कृत गर्नुभयो ।
 

 

पहिलोपटक डिजाइन गरिएको कलात्मक ट्रयाकमा सहभागी हुन सबै उमेर समूहका ड्राइभरहरू उत्साहित थिए तर उनीहरूको ड्राइभङ स्किल, उमेर अवस्था, शारीरिक क्षमता र स्वास्थ्य अवस्था समेतको विश्लेषण गरी फाइनल राउन्डमा २० जना ड्राइभर्स र नेभिगेटरहरुलाई मात्र चयन गरिएको थियो । यसअघि गरिएको ओरिएन्टेसनमा राउन्डमा भने १८ ड्राइभर्स र १६ को–ड्राइभर सहभागी थिए । 

 

बागमती प्रदेश संघले पहिलोपटक तथा नासा नेपालले काठमाडौँ बाहिर पहिलोपटक आयोजना गरिएको सो प्रतियोगिता अन्तर्राष्ट्रिय अटोमोबाइल फेडरेसन एफआईएका स्पोर्ट्स ग्रान्ट अन्तर्गत र बागमती खेलकुद विकास परिषद् र भरतपुर मनपाको विशेष सहयोग तथा पोखरा राइडर्स क्लबको प्राविधिक सहयोगमा सम्पन्न भएको हो । 
 

काठमाडौं:  पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ ।  आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

थप पढ्नुहोस्

पोखरा:   सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड क्लबको आयोजनामा यही पौष २९ गतेदेखि १४ औं संस्करणको पोखरा महोत्सवको आयोजना हुने भएको छ ।    उक्त महोत्सव माघ ११ गतेसम्म चल्ने आज आयोजित ...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

थप पढ्नुहोस्